काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा महानगरपालिकामा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन् । काठमाडौंका पूर्व मेयर रहेका शाहले महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा नभएको जिकिर गरे ।
झापा ५ का मतदातासँगको संवादमा शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल भएको बताए । मतदाताले छलफलका राष्ट्रिय सरका बनाउँदा अन्तर्राष्ट्रिय चलखेल हुनसक्छ तपाईँको योजना के छरु भन्दै सोधे ।
जवाफमा बोलनले महानगरको मेयर हुनु र प्रधानमन्त्री हुनुमा कुनै कमी नहुने तर्क गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न ।’
ती मतदाताले म अन्तर्राष्ट्रिय चलखेलसँग झुक्दिनँ भनेर नेपाली जनतासँग भन्न सक्नुहुन्छ रु भन्दै प्रतिप्रश्न सोध्छन् ।
जवाफमा बालेनले भने, यहाँ हामी सबै नेपाली जनता नै छौँ नि, उदाहरणको लागि काठमाडौंको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो । त्यसैले प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन ।’
उनले आफूले काठमाडौंमा सुकुम्वासी बस्तीमा डोजर नचलाएको बाढीबाट विस्थापित हुने भएकाले हटाएको जिकिर गरे। उनले आफूले चुनाव जितेपछि झापा ५ का सुकुम्बासीहरूलाई धनीपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जाहेर गरे ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम