बैतडी- बैतडीमा भीरबाट लडेर एक किशोरी गम्भीर घाइते भएकी छन्।
जिल्लाको पाटन नगरपालिका–२ भुलकट्टेकी १६ बर्षीया सावित्री पाण्डेय बुधबार बिहान विद्यालय आउने क्रममा भीरबाट लडेर घाइते भएकी हुन्। पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययनरत पाण्डेय विद्यालय आउने क्रममा खेती भन्ने ठाउँमा बाटोबाट लडेर झण्डै ७० मिटर तल खोलामा खसेकी विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए। उनलाई उद्धार गरेर सिलंगा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।






संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न