काठमाडौं । ड्रोन आक्रमणपछि आगलागी भएको कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सावधानी स्वरूप सबै उडानहरू स्थगित गरिएको बताएका छन्।
अधिकारीहरूका अनुसार विमानस्थल नजिकै लागेको आगो नियन्त्रणका लागि प्रयास जारी छ। दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको हो।
फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका हिसाबले विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक बनेको थियो। बीबीसीका अनुसार सन् २०२५ मा यहाँबाट करिब नौ करोड यात्रुले यात्रा गरेका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन्। त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन्।
यी आक्रमणहरूमा अमेरिकी कूटनीतिक नियोग तथा सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत निशानामा परेका छन्।
सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको संयुक्त अरब इमिरेट्स ९यूएई०माथि यस्ता आक्रमणको असर बढी परेको बताइएको छ। यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र ती सबैले इरानको आलोचना गरेका छन्।






‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
कम्युनिस्ट एकताको आवश्यकता बढेको छ : प्रचण्ड
सगरमाथा आरोही विजय घिमिरेको लेक लागेर मृत्यु
अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : हर्क साम्पाङ
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री