काठमाडौं : आईसिडिआर र नासाे लगाएत विभिन्न प्रवासी नेपाली संस्थाहरूले वाशिङ्टन डिसीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाउँदै इनिसा विकसहित सबै पिडित परिवारका लागि न्यायको माग गरेका छन्।
उक्त ज्ञापनपत्रमा लैङ्गिकता र जातका आधारमा हुने विभेद अन्त्य गर्दै सबै नागरिकका लागि निष्पक्ष, समान र समयमै न्याय सुनिश्चित गर्न आपराधिक न्याय प्रणालीमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिइएको छ।
उनीहरूले न्याय प्रणालीमा देखिएको ढिलाइ र कमजोरीका कारण पीडितहरू अझ पीडित बन्ने अवस्था रहेको उल्लेख गरेका छन्।
ज्ञापनपत्र मार्फत सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।
यस क्रममा डि.बि.सागरले न्यायमा ढिलाइ हुनु भनेको न्यायबाट वञ्चित गर्नु सरह हुने उल्लेख गर्दै राज्यले छिटो, निष्पक्ष र प्रभावकारी न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
प्रवासी नेपाली समुदायले पछिल्लो समय बढ्दो हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडितमैत्री न्याय प्रणाली निर्माण गर्न सरकारलाई दबाब दिँदै आएका छन्।






संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न