काठमाडौं : पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ।
गत फेब्रुअरी – २८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल इराकको अधिकाशं भागमा फैलिएको छ।
इरान समर्थक सशस्त्र समूहहरूले अमेरिकी संरचनामा भएका आक्रमणहरूको जिम्मेवारी लि इ सकेका छन्।
रक्षा मन्त्रालयले अनबर प्रान्तको आधारमा भएको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको हुनुका साथै अन्य १३ जना घाइते भएको बताएको छ।
आक्रमणले आधारको सैन्य स्वास्थ्य क्लिनिकलाई पनि लक्षित गरेको मन्त्रालयले पुष्टि गरेको छ। सुरक्षा अधिकारीलाई उदृत गर्दै एएफपीले मृत्यु हुनेहरु मध्ये एक सैन्य डाक्टर पनि रहेको जनाएको छ।
यस अघि इराकको आधार शिविरमा मङ्गलबार भएको आक्रमणमा एक कमान्डरसहित १५ जना पिएमएफ लडाकु मारिएका थिए। पेन्टागनले वर्तमान द्वन्द्वको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध लडाकू हेलिकप्टरहरूले आक्रमण गरेको स्वीकार गरेको छ।
बगदादले विदेशी सैनिक र कूटनीतिक मिसनलाई लक्षित आक्रमणका साथै पिएमएफका स्थानविरुद्ध आक्रमणको निन्दा गरेको छ।






संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न