काठमाडौं । बौद्ध धर्मावलम्बीहरूले आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी २५७० औँ बुद्ध जयन्ती मनाएका छन्।
यस अवसरमा लुम्बिनी, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप लगायत देशभरका चैत्य, गुम्बा र विहारहरूमा श्रद्धालुहरूको घुइँचो लागेको थियो। लामा तथा बौद्ध धर्मगुरुहरूको उपस्थितिमा पूजापाठ, प्रार्थना र धार्मिक विधि सम्पन्न गरिएका छन्।
विशेषगरी काठमाडौंको बौद्ध क्षेत्रमा शान्ति र्याली आयोजना गरिएको थियो, जसमा ठूलो संख्यामा श्रद्धालुहरू सहभागी भएका थिए। र्यालीमार्फत विश्व शान्ति, सहिष्णुता र करुणाको सन्देश फैलाइएको आयोजकहरूले जनाएका छन्।
बुद्ध जयन्तीको अवसरमा बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरण गर्दै धार्मिक अनुष्ठान गर्ने परम्परा रहिआएको छ। यस दिन बौद्ध धर्मावलम्बीहरूले पूजा, ध्यान र दान–धर्ममार्फत मानवकल्याणको कामना गर्ने गर्छन्।






संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न