मोटरसाइकल दुर्घटनामा परि एक जना घाइते


धनगढी । कैलालीको भासु भिर नजिकै भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । शुक्रवार साँझ चुरे गाउँपालिका–५ मा पर्ने भासु भिर नजिकै जिप र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका हुन ।

से ५ प ६९२ नम्बरको मोटरसाइकल बा ८ च ८०७ नम्बरको जिपसँग ठोक्किए दुर्घटना हुँदा चालक चुरे गाउँपालिका–६ बस्ने प्रेमबहादुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिप र चालक कैलालीको गौरीगंगा नगरपालिका– ४ बस्ने ५० वर्षीय नन्दराम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ