काठमाडौं। गुल्मीमा विद्यालय जान हिंडेकी एक बालिकाको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । गुल्मीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका बिष्णु कुमाल रहेकी छन् ।
आइतबार बिहान स्कुल जानेक्रममा सडक माथिबाट खसेको ढुंगाले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते बालिकालाई उपचारका लागि गुल्मी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
छल्दीबाट ठाढुंगा जानेबाटोमा श्रेष्ठ कन्टक्सन प्रालि तम्घासले ३ वर्ष अघिदेखि निर्माणको काम गर्दै आइरहेको छ । बाटो विस्तारका लागि जेसीबीले डाँडा खनिरहेको समयमा एक्कासि ढुंगा सडकमा खसेको थियो । निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयको आरोप छ। जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।






संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न