ढुंगाले लागेर बालिकाको मृत्यु


काठमाडौं। गुल्मीमा विद्यालय जान हिंडेकी एक बालिकाको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । गुल्मीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका बिष्णु कुमाल रहेकी छन् ।

आइतबार बिहान स्कुल जानेक्रममा सडक माथिबाट खसेको ढुंगाले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते बालिकालाई उपचारका लागि गुल्मी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

छल्दीबाट ठाढुंगा जानेबाटोमा श्रेष्ठ कन्टक्सन प्रालि तम्घासले ३ वर्ष अघिदेखि निर्माणको काम गर्दै आइरहेको छ । बाटो विस्तारका लागि जेसीबीले डाँडा खनिरहेको समयमा एक्कासि ढुंगा सडकमा खसेको थियो । निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयको आरोप छ। जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ