काठमाडौं । नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ ।
सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची आइतबारकै लागि तय भएको थियो । तर, गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । आइतबार प्रतिनिधिसभामा २२० जना सांसदले हाजिर गरेका थिए । तर, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जम्मा ६८ जना उपस्थित थिए ।
१५२ जना सांसद हाजिर गरेर टाप कस्दा आइतबार पारित हुन नसकेको प्रस्ताव सोमबार सभाले पारित गरेको हो । सोमबार सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । यो सँगै अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन् । सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल हुनेछ ।






मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने