नेसपा (नयाँशक्ति) को उपाध्यक्षमा दुर्गा सोव निर्विरोध


काठमाडौं-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव निर्विरोध निर्वाचित भएकी छन् ।  समावेशी अन्तर्गत मानुषी यमि भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।

११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारविरुद्ध परेको दाबी विरोध पछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्दै छ ।

अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।

आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ