दार्चुला । दार्चुलामा २८.३०४ मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । शनिबार जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्धारा सञ्चालित उक्त जलविद्युत आयोजनाको शिलान्यास गरिएको हो ।
दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमका बिच आयोजनाको शिलान्यास गरिएको छ ।
जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिए ।
शेरीबाट ८.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ । शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति रहेको थियो ।






रोल्पामा जीप दुर्घटनाको तीन दिनपछि रास्वपाले गर्यो दुःख व्यक्त
रोल्पा जीप दुर्घटना पीडित परिवारलाई प्रचण्डको सान्त्वना
३० बर्षअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
काठमाडौं-केरुङ रेलमार्गको अध्ययन प्रतिवेदन तयार
बालेनसँग शंकर पोखरेलले मागे विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
सुकुमबासी बस्ती हटाउँदाको कारुणीक दृश्य (तस्बिरहरु)