मुगु : मुगुको आयुर्वेद स्वास्थ्य केन्द्र छार छुत्र विधिबाट पहिलो पटक पायल्सको अप्रेसन गर्न सफल भएको छ ।
छायाँनाथ रारा नगरपालिका-१२ सोभा गाउँका गोर्खराज बुढाको असार २३ गते अप्रेसन भएको हो । उनी विगत एक वर्षदेखी पायल्सको समस्याले पिरोलिएका थिए ।
आयुर्वेद स्वास्थ्य कार्यलय प्रमुख डा.रूपेश सोनाम,आयुर्वेद चिकित्सक डा,अक्ष्य कुमार चौधरी सहित चार जना चिकित्सकको टोलीले अप्रेसन सफल गरेको हो ।
आर्थिक अबस्था कमजोरीका कारण जिल्ला बाहिर गएर उपचार गर्न नसकेका उनी रोगले ग्रसित थिए ।
मुगुमै अप्रेसन होला भनेर आफुले कल्पना सम्म नगरेको तर सजिलै अप्रेसन भएको बुढाले बताए ।
मुगुमै पायल्सको उपचार हुन्छ भन्ने खबर पाएपछी खुशी हुँदै आयुर्वेद स्वास्थ्य केन्द्र पुगेको र डाक्टरको सल्लाह अनुसार अप्रेसन गरिएको उनले बताए ।
अप्रेसन गर्नुअघि निक्कै डराएका बुढा सजिलै अप्रेसन भएपछि स्वस्थ महसुस गरेको बताउँछन् ।
डा.रुपेश सोनामका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रमा मलद्वार सम्बन्धी समस्या लिएर धेरै बिरामी आउने गरेपनि देखाउन लाज मान्ने, हिचकिचाउने गरेको बताए ।
मलद्वार हुने समस्यालाई पाइल्स भन्ने चलन रहेको तर मलद्वारको समस्या कहिलेकाहीँ सामान्य नभएर जटिल हुन सक्ने डा.सोनाम बताउँछन् ।
सामान्य अबस्थाामा रहेको घाउ लापरबाहीका कारण क्यान्सरसम्म पनि हुन सक्ने भएकाले समयमै उपचार गरी रोगको पहिचान तथा उपचार गर्न डा.सोनाम सुझाउँछन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रप्रति बिरामीको विश्वास बढेका कारण दैनिकी ४०-४५ जना सेवाग्राही आउने गरेको बताइएको छ ।






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन