काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्ने गरी खोलेको हो ।
उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको शेयर वितरण भइसकेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म खुला रहनेछ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बी प्लस रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीले २०७६ सालदेखि क्लिंकर र २०७७ सालदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १८ सय मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २२ सय मेट्रिक टन रहेको छ।
लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन