काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका छन्।
शुक्रबार बिहान उनले बुद्धको बचनहरू उद्धृत गर्दै सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन्।
उनले बुद्धले दुःख निवारणको बाटो देखाएको चर्चा गर्दै उज्यालोको अभाव नै अँध्यारो भएको बताएका छन्।
‘जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,’ बालेनले लेखेका छन्, ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।’
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गरेका छन्। ‘बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ,’ उनले भनेका छन्, साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो।’







डोजरले समस्या समाधान हुँदैन, पहिले पुनर्स्थापना गर्नुपर्छ : बाबुराम भट्टराई
बुद्ध जयन्तीको दिन गुम्बा भत्काइयो
अध्यादेशबाट शासन गर्न खोज्नु लोकतन्त्र विपरित : भीम रावल
बालाजुका सुकुमबासीको उठिबास
इरानले दियो २१ वर्षे युवकलाई फाँसी
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
प्रकाश ज्वाला नेकपाको प्रवक्ता