काठमाडौं-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव निर्विरोध निर्वाचित भएकी छन् । समावेशी अन्तर्गत मानुषी यमि भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।
११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारविरुद्ध परेको दाबी विरोध पछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्दै छ ।
अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।
आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।






निर्वाचन प्रहरीको बन्दोबस्ती सामग्री खरिद विवाद : एउटै प्रक्रिया, तर प्रश्नको घेरामा नेपाल प्रहरी मात्रै किन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
रविले बोलाए सर्वदलीय बैठक