माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


काठमाडौं, फागुन २१ : काठमाडौं नेकपा माओवादी केन्द्रको पदाधिकारी आज बस्ने भएको छ । बैठक बिहान ९ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।

सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने बताईएको छ ।

सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए । सापकोटाका अनुसार आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ