काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउँदै उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए ।
‘लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुन्छ,’ उनले भने, ‘कांग्रेस पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’
गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता देउवाले जनाए । प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उनले बताए ।
‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन । यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ,’ उनले भने, उनले भने, ‘साथीहरूको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।’






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार