धनगढी । कैलालीको अत्तरियाबाट लागुऔषध ३ जना पक्राउ परेका छन । अत्तरियास्थित बसपार्कनजिक रहेको एक होटलबाट प्रहरीले २ महिला र १ पुरुषलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दार्चुलाको शैल्यशिखर नगरपालिका– २ का अन्दाजी २१ वर्षिय सागर ठगुन्ना, बझाङ घर भई हाल गोदावरी– २ बस्ने अन्दाजी ३५ वर्षिय अनु मल्ल र बाँके घर भई सोही वडामा बस्ने अन्दाजी २५ वर्षिय ट्विङकल शाह रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ ।
कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटि गएको प्रहरी टोलीले उनिहरु बसिरहेको होटलको कोठामा चेकजाँच गर्दा ठगुन्नाको साथबाट र कोठाको खाटमुनिबाट गरी १ ग्राम ४६० मिलिग्राम लागुऔषध फेला परेको बताईएको छ ।
पक्राउ परेका तिनै जना माथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम