मोरङमा प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा


काठमाण्डु। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन्। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ।

यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको भन्दै बहिष्कारको चेतावनी दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेताहरूसँग सम्पर्क गरेर सहकार्य गर्न आग्रह गरेका छन् ।

कार्कीले विपक्षी दलसँग छलफल समेत गरेका छन् । कार्कीले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका हुन् । विपक्षी दलहरू नेकपा ९माओवादी केन्द्र०, राप्रपा र नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट छलफल गर्ने जिम्मा लिएर आङ्बोले मुख्यमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा मुख्यमन्त्री कार्कीले सकारात्मक ढङ्गले सहयोग गरेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । मुख्यमन्त्रीसँगको भेट र चालिने कदमको विषयमा विपक्षी दलहरुको बैठक संयुक्त रूपमा बसेर टुंगोमा पुग्ने आङ्बोले बताए ।

यसअघि, प्रधानमन्त्री ओली बिहान मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्नेछन्।

उनले त्यहाँ गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सका भवनहरू उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १२ बजे विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई साढे २ बजे प्रदेशसभा बैठकमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ