काठमाण्डु। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन्। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ।
यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको भन्दै बहिष्कारको चेतावनी दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेताहरूसँग सम्पर्क गरेर सहकार्य गर्न आग्रह गरेका छन् ।
कार्कीले विपक्षी दलसँग छलफल समेत गरेका छन् । कार्कीले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका हुन् । विपक्षी दलहरू नेकपा ९माओवादी केन्द्र०, राप्रपा र नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट छलफल गर्ने जिम्मा लिएर आङ्बोले मुख्यमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा मुख्यमन्त्री कार्कीले सकारात्मक ढङ्गले सहयोग गरेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । मुख्यमन्त्रीसँगको भेट र चालिने कदमको विषयमा विपक्षी दलहरुको बैठक संयुक्त रूपमा बसेर टुंगोमा पुग्ने आङ्बोले बताए ।
यसअघि, प्रधानमन्त्री ओली बिहान मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्नेछन्।
उनले त्यहाँ गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सका भवनहरू उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो १२ बजे विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई साढे २ बजे प्रदेशसभा बैठकमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संसदमा बोल्न नपाएको भन्दै सांसद पार्वती विकको असन्तुष्टि
भूमि आयोग खारेज