काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध शुक्रबार ‘विशेष कार्यक्रम’ घोषणा गर्दैछ । पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजावादी गतिविधिविरुद्ध ‘विशेष कार्यक्रम’ घोषणा गर्न लागेको हो ।
पत्रकार सम्मेलनमार्फत् आफूहरूले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा राजावादीहरू किन सलबलाए र त्यसमा जनताको उपस्थिति किन रह्यो भन्नेबारे समीक्षात्मक धारणा सार्वजनिकसँगै विशेष कार्यक्रम घोषणा हुनेछ ।
‘राजावादीहरू किन सलबलाए र त्यहाँ थोरै भए पनि जनताको उपस्थिति किन देखियो ? यसका लागि सरकार र राजनीतिक दलहरूको पनि कमजोरी होला । यसबारे हामीले संस्थागत धारणा सार्वजनिक गर्नेछौँ’, उनले भने,‘साथै थप अगाडि कसरी अगाडि बढ्ने भन्नेबारे पनि धारणा राख्ने छौँ ।’
२५ फागुनमा राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरेका थिए । झन्डै एक महिना लामो पोखरा बसेर काठमाडौं फर्किएका पूर्वराजा शाहलाई राजावादीहरूले विमानस्थलमा स्वागत गरेका थिए । यस घटनालाई लोकतन्त्रवादी दलहरूले गम्भीरतापूर्वक लिएका छन् ।
यसैबीच पार्टीले शुक्रबार राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ।
मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न कार्यकर्ता भेला आयोजना गरिएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिए।
शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्ने छन्।






मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ? : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश