काठमाडौँ । अमेरिकाको भर्जिनियामा एक नेपाली मूलका पुरुषले आफ्नै परिवारमाथि घातक आक्रमण गरेका छन् ।
भर्जिनियाको फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा सोमबार बिहान उदयपुरको बेलका नगरपालिका घर भएका ५० वर्षीय छत्रबहादुर थापा (मिलन)ले करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेक छन् । घटनामा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत पनि गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान करिब ५:१५ बजे घरेलु हिंसासम्बन्धी सूचना पाएपछि टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा थापा बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा थिए । हतियार छाड्न दिएको निर्देशन नमानेपछि प्रहरीले गोली चलाउदा थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनाका बेला घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल फेला परेका छन् । प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक अभिलेख नदेखिएको बताइएको छ । घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
जाँचबुझ आयोगको प्रतिवेदनमा के छ ?
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को