काठमाडौँ । काठमाडौँमा सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । फागुन १८ मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली)बारे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा होली खेल्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यसअघिका वर्षहरूमा जिल्ला प्रशासन कार्यालयले ठमेल, दरबारमार्ग र वसन्तपुर लगायतका स्थानमा होलीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्न अनुमति दिने गरेको थियो ।
यस वर्ष मञ्च बनाएर साङ्गीतिक कार्यक्रम गर्न रोक लगाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । मादक पदार्थको सेवन र बिक्री वितरणमा पनि स्थानीय प्रशासनले रोक लगाएको छ ।
त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को