धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले को पक्षमा चुनावी माहोल दिनप्रतिदिन बलियो बन्दै गएको देखिएको छ।
घरदैलो अभियान, टोल–टोलमा आयोजित भेटघाट तथा जनप्रदर्शनमा देखिएको उल्लेख्य सहभागिताले उनलाई अग्रस्थानमा राखेको समर्थकहरूको दाबी छ।
पछिल्ला दिनहरूमा क्षेत्रका विभिन्न बस्तीमा पुग्दा मतदाताबाट उत्साहजनक स्वागत र सकारात्मक प्रतिक्रिया पाएको आलेले बताएका छन्। “जनताको साथ र विश्वास नै मेरो शक्ति हो,” उनले घरदैलो अभियानका क्रममा भने, “मलाई अवसर दिनुहोस्, परिणाम कामबाट देखाउँछु।”
विशेषगरी युवा, महिला र श्रमिक वर्गमा उनको एजेन्डाप्रति आकर्षण बढ्दै गएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ। सुदूरपश्चिमको दिगो विकास, उत्तर–दक्षिण र पूर्व–पश्चिम सडक सञ्जाल विस्तार, रोजगारी सिर्जना तथा कृषि आधुनिकीकरणलाई उनले आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी प्रतिस्पर्धा कडा रहे पनि हालसम्म देखिएको जनसमर्थनका आधारमा आलेको सम्भावना बलियो देखिन्छ। विपक्षी उम्मेदवारहरू पनि सक्रिय रहेकाले अन्तिम नतिजा मतदाताको निर्णयमा निर्भर रहनेछ।
तर अहिलेको माहोल हेर्दा कैलाली–५ मा प्रेम आलेको जित लगभग निश्चित जस्तै देखिएको समर्थकहरूको विश्वास छ।
आगामी निर्वाचनले उक्त विश्वासलाई मतपरिणाममा रूपान्तरण गर्छ वा गर्दैन भन्ने कुराको टुंगो भने मतगणनापछि मात्र लाग्नेछ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
कैलाली–५ का मतदातासँग प्रेम आलेको ‘भावनात्मक अपिल’
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन