बागलुङ । बागलुङमा कैदीबन्दीकाे लागि दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको छ ।
बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीलाई कारागारमै भोट हाल्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, कर्मचारीलगायत रोजगारीका लागि बागलुङमा बस्नेहरूका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमासमेत भोट हाल्ने व्यवस्था मिलाएको छ ।
मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले कारागारमा रहेका ५३ जना मतदातालाई कारागार भित्रै मतदानकेन्द्रको स्थापना गरी भोट हाल्ने व्यवस्था मिलाइएको जानकारी दिइन । ‘विभिन्न मुद्दामा कारागारमा सुधारको जीवन बिताइरहेकालाई मसेत मतदतानको अधिकार राज्यले दिन खोजेको हो, उहाँहरुसँग भएको मतदाता परिचयपत्रका आधारमा कारागारभित्रै समानुपातिक मत जाहेर गर्ने व्यवस्था मिलाइएको छ’, अधिकारीले भनिन् ।
उनका अनुसार जिल्लामा रहेर कार्यव्यस्तताका कारण मतदानकेन्द्रमा भोट हाल्न जान नसक्नेलाई समानुपातिक मत हाल्ने व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हाल्ने व्यवस्था मिलाइएको हो ।






फिलिपिन्समा शक्तिशाली भूकम्प,एसियाली देशमा सुनामीको चेतावनी
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश