सुदूरपश्चिमका तिन सांसदलाई काठमाडौंमा सम्मान


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सम्पर्क समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई काठमाडौंमा बधाई तथा सम्मान गरिएको छ।

आज आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू गणेश विश्वकर्मा, प्रेम बयक र निराशा चौधरीलाई सम्मान गरिएको हो। कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा.भीम रावलको प्रमुख आतिथ्यता रहेको थियो।

सो अवसरमा पार्टीका केन्द्रीय नेताहरू भानुभक्त जोशी, शेरबहादुर कुँवर, दीर्घ सोडारी, यशोदा सुवेदी, लक्ष्मण केसी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले नव निर्वाचित सांसदहरूलाई बधाई दिँदै जनताको अपेक्षा अनुसार काम गर्न शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्माले सम्मान कार्यक्रमको आयोजना गरेकोमा सम्पर्क समितिप्रति आभार व्यक्त गरे। उनले जनताको विश्वासलाई कायम राख्दै सामाजिक न्याय, समावेशिता र विकासका मुद्दामा सक्रिय भएर काम गर्ने प्रतिबद्धता समेत जनाए।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ