भीम रावलले भने, ०८४ को चुनावअघि नै पार्टी घोषणा हुन्छ


धनगढी-एमालेबाट निस्कासित भएपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा.भीम रावलले एमालेका केन्द्रीय नेताहरु आफ्नो अभियानमा जोडिने दाबी गरेका छन्।

उनले आफू नेतृत्वमा ०८४ को चुनावअघि नै पार्टी घोषणा हुने बताए। घोषणाबारे अहिले नै भन्न सकिँदैन। तर, विचार र विमर्श गरेर उपयुक्त समयमा सम्भव भएसम्म चाँडै बनाउँछौँ। त्यो २०८४ को आवधिक निर्वाचनभन्दा अगाडि नै हुनेछु उनले एक अन्तर्वार्तामा भनेका छन् अब उपयुक्त व्यक्ति तथा समूहसँग संवाद गर्नेछौँ। त्यसपछि हुन्छ।

उनले आफूले क्षेत्रीय पार्टी नबनाउने प्रष्ट पारे।

उनले एमाले नेताहरुसँगको संवादबारे भने, “कतिपय केन्द्रीय तहका नेताहरूसँग संवाद भइरहेको छ। उहाँहरूले साथ दिने भन्नुभएको छ। एमालेको सचिवालयका कुनै पनि नेताहरूसँग कुराकानी भएको छैन। तर, केन्द्रीय समितिका साथीहरूसँग कुराकानी भइरहेको छ। उहाँहरू ढिलोचाँडो यतै आउनुहुन्छ। त्यही हिसाबबाट कुराकानी भइरहेको छ।”

उनले अहिलेको लागि आफू अभियानको प्रस्तावक मात्रै भएका भन्दै एमालेका धेरै नेताहरूले साथ दिने बताए।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ