बागलुङ । विकासका हिसाबले ओझेलमा परेको राम तोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने राम तोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्र गरिएको हो ।
भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्र गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्र गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उनको भनाइ छ ।
अध्यक्ष गौतमले भने, “जिल्ला सदरमुकामै पर्ने भए पनि रायडाँडा, राम तोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए, यस वर्ष संघीय सरकारको लगानीमा राम तोला गाउँ जोड्ने सडकको थालनी गरेका छौँ, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्र सडक पुग्ने छ ।”
सङ्घीय सरकारले विनियोजन गरेको रु.दुई करोड ९५ लाखमा उक्त सडक कालोपत्र भएको हो । सडक डिभिजन कार्यालयमार्फत कालोपत्रको काम भएको हो । विसं २०८२ वैशाखमा हिलसाइडरपीके जेभीले आगामी जेठ २५ गते सक्ने गरी जिम्मा पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिए ।
एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याविन लगाउनेदेखि कालोपत्र गर्नेसम्मको काम गरेको उहाँको भनाइ छ । ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा कम दूरीको सडक कालोपत्र गर्न ठूलो लागत लागेको इन्जिनियर लामिछाने बताउँछन् ।






अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : हर्क साम्पाङ
एघार वर्षपछि बागलुङको ग्रामीण सडक कालोपत्र
एसईईको नतिजा आउँदै
दार्चुलामा भूकम्पको धक्का महसुस
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेनलाई सिके राउतको चेतावनी