भीरबाट खसेर एमाले नेताको मृत्यु


कालिकोट । भीरबाट लडेर कालिकोटको पचालझरना गाउँपालिका(२ खयरकोट घर भएका एमाले नेता नरेन्द्र कठायतको मृत्यु भएको छ ।

पचालझरना गाउँ कमिटीका उपसचिव ३२ वर्षीय कठायतको जारकोटबाट घर फर्किने क्रममा सोमबार बेलुकी लाफा भीरबाट खसेर मृत्यु भएको हो । अप्ठ्यारो बाटो भएकाले खुट्टा चिप्लिएर भीरबाट खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए । भीरबाट कर्णाली नदीको तीरमा खस्दा उनको मृत्यु भएको जानकारी पाएको चौधरीको भनाइ छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ