गुल्मी । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर(४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला
परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पहिचान नखुलेको अन्दाजी २५र३० वर्षको पुरुषको शव फेला परेको जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा प्रहरी खटिएको छ । शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।
बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन