डोटी । डोटीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ । खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दीपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।
दीपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काका अनुसार सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पपोष्ट स्थापना भएको जानकारी दिए ।
पोष्टमा प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सात जना प्रहरी राखिएको छ । पर्यटकहरू माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले पोष्ट स्थापना गरिएको हो ।






लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन