धनगढी : कञ्चनपुर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विना मगर यतिबेला चुनावी घरदैलो अभियानमा व्यस्त छिन्।
नेपाली कम्युनिस्ट पार्टीकी नेतृ मगरले निर्वाचन क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेकी छन्।
अघिल्लो निर्वाचनमा पराजय बेहोरेकी मगरले यसपटक मतदाताको साथ र विश्वास प्राप्त गर्ने दाबी गरेकी छन्। घरदैलोका क्रममा उनले विगतका अनुभवबाट सिक्दै विकास, रोजगारी, कृषि र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्।
मतदातासँगको संवादमा उनले कञ्चनपुर–१ का दीर्घकालीन समस्या समाधानका लागि स्पष्ट योजना आवश्यक रहेको बताउँदै आफूलाई विजयी गराउन अनुरोध गरिरहेकी छन्।
स्थानीय बासिन्दाले पनि क्षेत्रको विकासका विषयमा आफ्ना माग र सुझाव प्रस्तुत गरिरहेका छन्।
निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर–१ मा चुनावी सरगर्मी बढ्दै गएको छ भने उम्मेदवारहरू घरदैलो र भेटघाट कार्यक्रममा सक्रिय देखिएका छन्।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
फोहरबाट रोजगारी र आम्दानी