काठमाडौं । शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।
श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।
मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।






लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन