काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार वर्षमान पुन विजयी भएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका उनले २७ हजार ४६० मत लिएर विजयी भएका हुन् ।
१५ हजार ४५२ मतको फराकिलो मतान्तरमा उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदन कुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।
रास्वपाका बलराम थापाले १० हजार ८९४ मत ल्याए । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७१४ मत ल्याएका छन् ।
उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन् । २०७४ र २०७९ सालको चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड