महाेत्तरी : राष्ट्रिय दलित नेटवर्क नेपालले द फ्रिडम फण्डको सहयोग तथा मुक्त हरवाचरवा अधिकार मञ्च सँगको समन्वयमा मुक्त हरवाचरवा अगुवाहरूका लागि दुई दिने अभियान व्यवस्थापन तालिम सुरु गरेको छ ।
महोत्तरीको दीपक पार्टी प्यालेस मा बिहीबारदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न हुने जनाइएको छ । दक्षिण–पूर्वी तराई क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको तालिममा मुक्त हरवाचरवा समुदायका २० जना प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
तालिममार्फत समुदायका अगुवाहरूलाई प्रभावकारी अभियान सञ्चालन, नेतृत्व विकास तथा अधिकारमुखी वकालतमा सक्षम बनाउने उद्देश्य राखिएको छ । कार्यक्रममा रणनीतिक अभियान निर्माण, मुद्दा पहिचान तथा विश्लेषण, सन्देश विकास, सरोकारवालासँग समन्वय, सञ्चारमाध्यम परिचालन र प्रमाणमा आधारित पैरवीका विषयमा प्रशिक्षण दिइनेछ ।

त्यसैगरी, नीतिगत सुझावपत्र तयार गर्ने, सामुदायिक अभियान सञ्चालन गर्ने तथा अभियानको प्रगति अनुगमन गर्ने व्यावहारिक सीपसमेत सिकाइने आयोजकले जनाएको छ । तालिमको सहजीकरण द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बलराम भट्टराई, राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यकारी निर्देशक हुकुम सार्की तथा पत्रकार एवं हरवाचरवा अभियानकर्मी बृजलाल पासवान ले गरिरहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशन लाल मण्डल ले यस्ता तालिमले मुक्त हरवाचरवा समुदायको आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले समुदायका अगुवाहरूलाई संगठित र सक्षम बनाउँदै अधिकार प्राप्तिका लागि प्रभावकारी अभियान सञ्चालन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
उनले मुक्त हरवाचरवा समुदायको न्यायपूर्ण पुनःस्थापना, शिक्षा, रोजगारी तथा सम्मानजनक जीवन सुनिश्चित गर्न राज्य थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।
आयोजकका अनुसार राष्ट्रिय दलित नेटवर्क नेपालले यस्ता क्षमता अभिवृद्धि कार्यक्रममार्फत मुक्त हरवाचरवा समुदायको सामाजिक न्याय, सम्मानजनक जीवन तथा अधिकार सुनिश्चितताका लागि निरन्तर पहल गर्दै आएको छ ।






मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेनलाई सिके राउतको चेतावनी
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
रोल्पा जीप दुर्घटना पीडित परिवारलाई प्रचण्डको सान्त्वना