काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ चनुकाँडामा बुधबार राति आएको हावाहुरीसहितको असिनापानीले ठूलो भौतिक क्षति पुर्याएको छ। स्थानीयका अनुसार हावाहुरीका कारण एक विद्यालय भवनसहित दर्जनौं घरमा क्षति पुगेको छ।
हावाहुरीले चनुकाँडा आधारभूत विद्यालयका दुई वटा भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बमले जानकारी दिए। उनका अनुसार प्रशासनिक कक्ष रहेको भवन तथा कम्प्युटर कक्ष रहेको भवनको छाना पूर्ण रूपमा उडेको हो।
अध्यक्ष नरेश बमले प्रशासनिक भवनको छाना उड्दा विद्यालयका महत्त्वपूर्ण कागजातमा क्षति पुग्दा किताब नष्ट भएको साथै कम्प्युटर, प्रिन्टर तथा फर्निचरमा पनि क्षति पुगेको बताए ।
गाउँका अधिकांश घरमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। टिनले छाएका धेरै घरका छाना उडेको तथा खर र पत्थरले छाएका घरहरू पनि प्रभावित भएको जनाइएको छ।
छाना उडेपछि परेको असिनापानीले थप क्षति पुर्याएको स्थानीयको भनाइ छ। घटनाबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ।






हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने