काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया बालिका इनिसा विकलाई न्याय दिलाउन कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
दलित समुदायका युवाहरूको नेतृत्वमा गरिएको खबरदारी र्यालीमा सहभागीहरूले बालिकामाथि हुने बलात्कार, हत्या तथा हिंसाका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको भन्दै सरकारसँग तत्काल न्याय सुनिश्चित गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘बलात्कार र हत्या बन्द गर’, ‘दोषीलाई कडा कारबाही गर’ जस्ता नारासहित प्लेकार्ड बोकेका थिए।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी सजाय दिन तथा पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताएका छन्।
प्रदर्शनकारीहरूले पछिल्ला दिनहरूमा बालिका तथा महिलामाथि हुने यौन हिंसाका घटनाले समाजमा भय र असुरक्षा बढाएको भन्दै दोषीलाई उन्मुक्ति दिने प्रवृत्ति अन्त्य गर्न सरकारलाई चेतावनीसमेत दिएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा केही दिनअघि इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन्। घटनालाई बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।






दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
रोशनी नेपालीको प्रश्न : ‘सरकार बादी समुदायले न्याय कहिले पाउँछ ?’
६१ दिनदेखि बालेन सरकारलाई प्रश्न गर्दैछिन दिपा
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
विभेद विरुद्ध सचेतना कार्यक्रम
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
बाजुरामा ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी