काठमाडौं । दाङका सुकुम्बासीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।
हरिश गिरी नेतृत्वको ‘हामी भूमिहीन, अव्यवस्थित, सुकुम्बासी अभिायन’ ले आज यस्तो घोषणा गरेको हो । सरकारविरुद्ध जनप्रदर्शन, धर्ना, घेराउसँगै स्थानीय तहका कार्यालयमा प्रमुखलाई पनि जिल्ला प्रवेश निषेध गर्ने निर्णय अभियानले गरेको छ ।
नदी किनाराका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने भन्दै वालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले काठमाडौं उपत्यकासहित देशभरका सुकुम्बासी बस्ती खाली गराइरहेको छ । त्यसविरुद्ध सुकुम्बासीहरु एकजुट भैरहेका छन् ।
रास्वपा सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको अभियानले आवश्यक परे दाङ बन्द र चक्काजाम गर्ने चेतावनी दिएको छ ।
जन आस्थाबाट साभार






बालेनले सुकुम्वासी बस्तिमा डोजर आतंक मच्चाए : नारायणकाजी
घरमा डोजर चलेपछि एक महिला बेहोस
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्यो : गगन थापा
सुकुमवासीको पाँच ठाउँमा बास
परराष्ट्रमन्त्री र अमेरिकी विशेष दूतबीच भेटवार्ता
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
प्रकाश ज्वाला नेकपाको प्रवक्ता
दुई अध्यादेश ल्याउँदै सरकार
नेकपा संयोजन समितिको बैठक बस्दै
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक