काठमाडौँ । फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न अदालतले अस्विकार गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बुधबार रोशनी नेपालीको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको हो।
यसअघि वैशाख १५ गते भने प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालिन आदेश दिएर दुवै पक्षलाई छलफलमा बोलाएको थियो। जसअनुसार मंगलबार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको थियो।
सोही इजलासले आजका लागि पेसी तोकेपछि रिटको टुंगो लागेको हो। अन्तरिम आदेश नआएसँगै फिल्म ‘लालीबजार’ लाई प्रदर्शनको लागि बाटो खुलेको छ।
यसअघि यो फिल्म वैशाख १८ देखि प्रदर्शनको तयारीमा रहेको थियो।






दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
रोशनी नेपालीको प्रश्न : ‘सरकार बादी समुदायले न्याय कहिले पाउँछ ?’
६१ दिनदेखि बालेन सरकारलाई प्रश्न गर्दैछिन दिपा
पुनःस्थापनाको माग गर्दै सप्तरीका १८ पालिकामा मुक्त हरवा चरवाको शक्ति प्रदर्शन
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम