कालिकोट । भीरबाट लडेर कालिकोटको पचालझरना गाउँपालिका(२ खयरकोट घर भएका एमाले नेता नरेन्द्र कठायतको मृत्यु भएको छ ।
पचालझरना गाउँ कमिटीका उपसचिव ३२ वर्षीय कठायतको जारकोटबाट घर फर्किने क्रममा सोमबार बेलुकी लाफा भीरबाट खसेर मृत्यु भएको हो । अप्ठ्यारो बाटो भएकाले खुट्टा चिप्लिएर भीरबाट खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए । भीरबाट कर्णाली नदीको तीरमा खस्दा उनको मृत्यु भएको जानकारी पाएको चौधरीको भनाइ छ ।






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन