करिब ४ किलो सुनसहित विमानस्थलबाट चार जना पक्राउ


काठमाडौं । प्रहरीले करिब ४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जनालाई पक्राउ गरेको छ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन्। उनीहरू विदेशी नागरिक रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

पक्राउ परेका सबै उज्बेकिस्तानका नागरिक रहेको खुलोको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ