लागूऔषधसहित एक युवक पक्राउ


धनगढी। कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागू औषधसहित पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका-१ शान्तिनगरबाट सोही ठाउँ बस्ने ३१ वर्षीय बुढामगर ५ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ