काठमाडौं । धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।
चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।
आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।
बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।






फिलिपिन्समा शक्तिशाली भूकम्प,एसियाली देशमा सुनामीको चेतावनी
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश