काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजेबाट सुरु भएको आगालागी अझै नियन्त्रणमा आएको छैन ।
चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई रमेश पोदारले सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा अचानक आगलागी भएको हो ।
७ वटा दमकल र विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्याङकरको प्रयोगमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरले जानकारी दिएको छ । हालसम्म ९० प्रतिशत आगो नियन्त्रणमा आएको बाँकी निभाउने कार्य जारी रहेको बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल। बौद्ध रामहिटिको दमकल र बुढानीलकण्ठ नगरपालिकाको दमकल आगो नियन्त्रणमा प्रयोग भइरहेका छन् ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन