बागलुङमा भूकम्पको धक्का महसुस


काठमाडौं । बागलुङमा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार बिहान ६ बजेर २० मिनेटमा बागलुङमा भूकम्पको धक्का महसुस गरिएको हो । तमानखोला गाउँपालिकाको खुङखानी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि शनिबार बिहान म्याग्दीमा पनि भूकम्पको धक्का महसुस भएको थियो । बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ