जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरू पक्राउ


मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिकाबाट जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरू पक्राउ गरेको छ ।

घटनामा संलग्न भई पक्राउ परेका आरोपितहरू १८ वर्ष भन्दा मुनीका किशोरहरू भएकाले प्रहरीले उनीहरूको पहिचान गोप्य राखेको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिर माथिको जङ्गलमा जबरजस्ती करणीको घटना भएको जानकारी दिए ।

घटनामा पिडित युवतिले २१ फागुनमा प्रहरी कार्यालयमा जाहेरी दिएपछि पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ जना र २३ गते थप २ जनालाई पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको उनको भनाई छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ