मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिकाबाट जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरू पक्राउ गरेको छ ।
घटनामा संलग्न भई पक्राउ परेका आरोपितहरू १८ वर्ष भन्दा मुनीका किशोरहरू भएकाले प्रहरीले उनीहरूको पहिचान गोप्य राखेको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिर माथिको जङ्गलमा जबरजस्ती करणीको घटना भएको जानकारी दिए ।
घटनामा पिडित युवतिले २१ फागुनमा प्रहरी कार्यालयमा जाहेरी दिएपछि पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ जना र २३ गते थप २ जनालाई पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।
आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको उनको भनाई छ ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन