काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथि सरकारले गरेको अत्याचार भएको बताएका छन्।
पार्टीको जागरण अभियानअन्तर्गत आइतबार दैलेख पुगेका प्रचण्डले सरकारले राम्रो काम गर्ने कर्मचारीहरूलाई प्रताडित गर्ने, अत्याचार र अपमान गर्ने काम गरिरहेको बताएका हुन् । उनले भनेु त्यो अत्याचार कुलमान घिसिङमाथि मात्रै गरिएको होइन, त्यो सम्पूर्ण नेपालीहरूको पहिचानमाथि गरिएको अत्याचार होु।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कर्णालीको पक्षमा गर्न खोजेका सबै कार्यक्रमहरूको सेट नै हटाइएको उनले बताए।
हाम्रो सरकारले गर्न खोजेका काम र अहिलेको सरकारले हटाएको कामहरू हेरौँ। हामीले गर्न खोजेका कामको पूरै सेट हटाइएको छ। म दैलेखबासी जनसमुदायका अगाडि गम्भीर रूपले यो कुरा राख्न चाहन्छु। वर्ग९समुदायहरूको अधिकार खोस्ने जमर्को गर्दैछन्। महिला, दलितको नाम पनि उच्चारण गरिएको छैन। कर्णालीको पूरै प्याकेज हटाइएको छ, मधेसको हटाइएको छ, उनले भने।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश