जाजरकोट । जाजरकोटमा सुरिहेको ठाउँमा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।
कुशे गाउँपालिका–३ तर्पेनाका नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा र र १४ वर्षीया चमेली बुढाको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
टहरामा सुतिरहेका बेला भिरमाथिबाट पहिरोसँगै खसेको ठूलो ढुंगा टहरोमा बजारिँदा एकैठाउँमा सुतिरहेका दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
उनीहरु बाख्रा हेरचाहको लागि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेका बेला घटना भएको हो। ढुंगाले लाग्दा चमेलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ढुंगाले लागेर गम्भीर घाइते भएकी शर्मिलालाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित