चितवन । इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो ।
शाखा अधिकृत समीक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बीज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमुना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवर्द्धन कार्यक्रमलाई सहयोग गरेको उनले बताए ।
बिरुवा वितरणसँगै यहाँको सुन्तला लगाइएको क्षेत्रफल बढेको छ । उनले भने, “सुन्तलाको क्षेत्रफल बढेको छ । पहिला सुन्तला लगाएको बगैँचा ८५ हेक्टर क्षेत्रफल भएकोमा अहिले बढेर ९० पुगेको छ ।”
सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ । कार्यालयले सुन्तलाको क्षेत्रफल विस्तारसँगै नमुना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको उहाँले जानकारी दिए । नमुना सुन्तला बगैँचा स्थापना, गुरु किसान परिचालनको काम भने हुन नसकेको उनले बताए ।
शाखा अधिकृत पौडेलका अनुसार गुरु किसान छनोट गरेर प्रक्रिया अघि बढाउने क्रममा किसानले चासो नदेखाएपछि यो कार्यक्रम स्थगित भएको हो । उनले भने, “किसानले इच्छा जायर नगरेपछि समस्या भयो ।” वडा नं ३ बाट किसान छनोट गरिएको भए पनि काम हुन नसकेको उनले बताए ।
गुरु किसान परिचालन गर्न नसक्दा नमुना बगैँचा बनाउने कामसमेत रोकिएको उनले जानकारी दिए । गुरु किसानले आफूले जानेका सीपलाई किसानलाई सिकाउने र नमुना बगैँचा बनाउने योजना रहेको थियो । गुरु किसान बन्न किसान नआएपछि गाउँपालिकाको रु चार लाख खर्च हुन सकेको छैन ।






‘प्रेम आले’ दु:खमा साथ दिने नेता हुन्
विकास र परिवर्तनको एजेन्डासहित घरदैलोमा वीरमान चौधरी
फागुन २१ को चुनावपछि नेकपा पहिलो दल बन्छ : प्रचण्ड
चुनावलाई सदाचार स्थापनाको महाअभियानका रुपमा लिनुपर्छ : प्रधानमन्त्री कार्की
उपभोक्तालाई आयल निगमले दियो कार्यालयबाटै ग्यास
मतदातालाई ढाँटेर राजनीति गर्न मेरो शैली होइन : प्रेम आले
यस्ता छन्, कैलाली-३ का उम्मेदवार विरमान चौधरीको प्रतिबद्धता
मतदाताको मन जित्दै विरमान चौधरी
एमालेका जयबहादुर लामा नेकपामा प्रवेश
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि