धनगढी । धनगढीस्थित वेस्टर्न कृष्टल एकेडेमीले मंगलबार एक बिद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । कक्षा ९ मा अध्ययनरत सचिन भट्टलाई सम्मान गरेको हो ।
सचिन भट्ट नेपाल ग्–१६ क्रिकेट टिमका खेलाडी हुन् । हालै मलेसियामा सम्पन्न भएको ग्–१६ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनलाई एकेडेमीले योगदानको कदर गर्दै सम्मान गरेको प्रिन्सिपल उर्मिला कुँवरले बताए । उहाँका अनुसार आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको ख्याती कमाउँदा बिद्यालयकै गौरब भएको बताउँदै सचिनको क्रिकेटमा अझै प्रगतीको कमना व्यक्त गर्नुभयो ।
सचिन भट्टलाई विद्यालयले कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा पठन–पाठन गराउने उनले प्रतिबद्धता जनाईन । सचिनलाई केही दिन अघि मात्रै सुदूर पश्चिमाञ्चल एकेडेमी कलेजले सम्मान गरेको थियो ।






लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन