काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ ।
९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।
केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यही निधन भएको थियो ।





